बारा, २९ चैत । यूट्युबमार्फत प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लगायत विभिन्न राजनीतिक व्यक्तित्वहरूलाई गालीगलौज र आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा पाँचथरका रोशन पोखरेल पक्राउ परेका छन्।
‘Hades’ नामक यूट्युब च्यानल सञ्चालन गर्ने पोखरेलले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको मानमर्दन हुने गरी भिडिओ सामग्री बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उनलाई चैत २६ गते फाल्गुनन्द गाउँपालिका-७ बाट नियन्त्रणमा लिइएको हो। पोखरेलमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
जिल्ला अदालत पाँचथरले उनलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।





