Friday, June 5, 2026

आज देखि डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, पेट्रोलको यथावत्

spot_img

बारा, ०३ वैशाख। नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा ठूलो वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले वैशाख ३ गते बिहान ००:०१ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो।

नयाँ समायोजन अनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँले वृद्धि गरिएको छ भने हवाई इन्धन (आन्तरिकतर्फ) मा प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ। यद्यपि, पेट्रोलको मूल्यलाई भने हालका लागि यथावत् नै राखिएको निगमले जनाएको छ।

मूल्य वृद्धिसँगै अब काठमाडौं, पोखरा र दिपायल जस्ता तेस्रो वर्गका क्षेत्रहरूमा डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ। यसअघि यी क्षेत्रमा यसको मूल्य प्रतिलिटर २०७ रुपैयाँ रहेको थियो।

त्यसैगरी, दोस्रो वर्ग अन्तर्गतका सुर्खेत र दाङमा प्रतिलिटर २३६ रुपैयाँ तथा पहिलो वर्गका तराईका क्षेत्रहरू (विराटनगर, वीरगञ्ज, नेपालगञ्ज लगायत) मा प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा कायम गरिएको छ। आन्तरिकतर्फको हवाई इन्धनको नयाँ मूल्य अब प्रतिलिटर २५६ रुपैयाँ पुगेको हो ।

इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य र स्वचालित मूल्य प्रणालीको आधारमा यो निर्णय लिइएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा स्पष्ट पारिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर