Friday, June 5, 2026

टाइम म्यागजिनको प्रभावशाली १०० व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन शाह

spot_img

बारा, ०३ वैशाख ।  विश्वकै प्रतिष्ठित अमेरिकी म्यागजिन ‘टाइम’ ले सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूची सार्वजनिक गर्दै नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई समावेश गरेको छ।

जेन–जी विद्रोहपछि सत्ताको बागडोर सम्हाल्न पुगेका ३५ वर्षीय शाहलाई म्यागजिनले दक्षिण एसियाली राजनीतिमा नयाँ तरङ्ग ल्याउने एक ऊर्जावान् र नवीन सोच भएका नेताका रूपमा चित्रण गरेको छ।

पूर्व ‘हिप–हप’ कलाकारदेखि नेपालको सबैभन्दा कान्छा प्रधानमन्त्रीसम्मको उनको यात्रालाई निकै महत्वका साथ हेर्दै टाइमले उनलाई परिवर्तनको संवाहक मानेको छ।

विशेषगरी पुराना राजनीतिक दल र परम्परागत संरचनाप्रतिको जनआक्रोश तथा युवा पुस्ताको अगाध समर्थन नै शाहको उदयको मुख्य कडी रहेको म्यागजिनको विश्लेषण छ।

प्रधानमन्त्री शाहको नेतृत्व क्षमताको चर्चा गर्दै टाइमले काठमाडौं महानगरपालिकाको प्रमुख रहँदा उनले चालेका साहसी कदमहरूको प्रशंसा समेत गरेको छ। महानगरभित्रको फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिएको आमूल सुधारका प्रयासहरूले नै उनलाई राष्ट्रिय राजनीतिमा स्थापित गराउन भूमिका खेलेको उल्लेख गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर