Friday, June 5, 2026

बाराको विभिन्न स्थानमा आज साझ ५ बजे सम्म विद्युत अवरुद्ध हुने

spot_img

बारा, ०३ चैत । नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र अन्तर्गत पर्ने सितलपुर फिडरमा मर्मत तथा क्षमता वृद्धि कार्यका कारण आज जिल्लाका केही क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको छ।

वितरण केन्द्रका अनुसार उक्त फिडरमा ११ के.भी. को नयाँ थप सर्किट निर्माण गर्ने कार्य भइरहेकाले विद्युत आपूर्ति बन्द गर्नुपरेको हो।

बाराको सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकामा पूर्ण रूपमा विद्युत सेवा अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ । आज बिहीबार साँझ ५ बजेसम्म यी क्षेत्रहरूमा लाइन काटिनेछ।

विद्युत प्रणालीको सुधार र भरपर्दो आपूर्तिका लागि नयाँ सर्किट थप्ने कार्य रहेको केन्द्रले जनाएको छ । साथै, निर्धारित समय अगावै निर्माण कार्य सम्पन्न भएमा ५ बजेभन्दा पहिल्यै विद्युत सुचारु गरिने समेत कलैया वितरण केन्द्रले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर