बारा, ३ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको प्रशासनिक नेतृत्वलाई सुदृढ बनाउने क्रममा २३ जना उपसचिवहरूको सरुवा गरेको छ। यसै क्रममा बारा जिल्लाका दुई नगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएका छन्।
मन्त्रालयको पछिल्लो निर्णयअनुसार बाराको सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नवराज अधिकारीलाई पठाइएको छ। अधिकारी यसअघि रक्षा मन्त्रालयमा कार्यरत थिए। लामो समयदेखि प्रशासनिक अन्योल भोगिरहेको सिमरौनगढले उपसचिव स्तरको नेतृत्व पाएसँगै स्थानीय विकास र प्रशासनिक कार्यमा गति लिने अपेक्षा गरिएको छ।
त्यसैगरी, बाराकै पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी श्रीधर पन्थीलाई दिइएको छ। पन्थी यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै कार्यरत थिए ।





