Friday, June 5, 2026

उन्नत बीउ उत्पादनमा अनुदान लिन स्थानीय तहलाई आह्वान

spot_img

बारा, ०४ वैशाख । कृषि विभागले देशभरका स्थानीय तहलाई उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।

विभागले स्थानीय तहहरूलाई आ-आफ्नो क्षेत्रमा आवश्यक पर्ने उन्नत बीउको माग तथा बीउ उत्पादकहरूसँग उपलब्ध आपूर्तिको विवरण पठाउन यही वैशाख १० गतेसम्मको समयसीमा तोकेको हो। विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार स्थानीय तहमार्फत उत्पादन हुने बीउबिजनको प्रयोग बढाउन र उत्पादनमा आत्मनिर्भर बन्न यो कार्यक्रम ल्याइएको हो।

यस कार्यक्रम अन्तर्गत कृषि उत्पादन वृद्धिका लागि विभिन्न स्तरमा अनुदानको व्यवस्था गरिएको छ। विभागका अनुसार अनुमति प्राप्त स्रोत बीउ उत्पादकहरूका लागि मोटो वा मध्यम जातको धानमा प्रतिकेजी रु २०, मसिनो जातमा रु २३ र खुमल शृङ्खलाका जातहरूमा रु ३४ अनुदान दिइनेछ। त्यसैगरी, उन्नत बीउ उत्पादकहरूका हकमा मोटो/मध्यम जातमा प्रतिकेजी रु १७, मसिनोमा रु २२ र खुमल शृङ्खलामा रु ३० अनुदान उपलब्ध गराइने छ।

किसानहरूलाई प्रत्यक्ष राहत पुर्‍याउने उद्देश्यले विभागले उन्नत बीउ प्रयोग गर्ने कृषकहरूलाई कार्यविधिबमोजिम सबै जातका धानको बीउमा ५० प्रतिशतसम्म मूल्य अनुदान दिने व्यवस्था गरेको छ। यस कार्यक्रमले बीउ उत्पादक र प्रयोगकर्ता दुवैलाई प्रोत्साहन गर्दै कृषि उत्पादकत्व बढाउन टेवा पुग्ने विश्वास विभागले लिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर