Sunday, August 9, 2026

सुवर्ण र देवताल गाउँपालिकाभर विद्युत अवरुद्ध हुने 

कलैया, ०५ बैशाख। नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले बाराको देवताल गाउँपालिका र सुवर्ण गाउँपालिकामा विद्युत अवरुद्ध हुने जनाएको छ।

कलैया वितरण केन्द्रले समाजिक सञ्जालमा पोस्ट गर्दै आज बेलुका ५ बजेसम्म सितलपुर फिडरमा ११ केभीको कन्डक्टर अपग्रेडिङको कार्य हुने भएकाले उक्त क्षेत्रहरुमा लाइन अवरुद्ध हुने जनाएको छ।

वितरण केन्द्रले, ‘विद्युत सेवा अवरुद्ध हुने सम्बन्धी सूचना यस कलैया वितरण केन्द्र अन्तर्गत रहेको सितलपुर फिडरमा ११ के.भी को कन्डकटर अपग्रडीनङको कार्य भइरहेको हुदाँ मिती २०८३/०१/०५ सनिबारको दिन साझ ५ः०० बजे सम्मको लागी सुवर्ण र देवताल गाउँपालीका भरि लाइन अवरुद्ध हुने व्यवहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ र कार्य सम्पन्न हुनासाथ वा अगावै लाइन सुचारु गरिने व्यहोरा समेत जानकारी गराइन्छ्।”‌ लेखेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर