Friday, June 5, 2026

इन्धनको मूल्यवृद्धि एक हप्ता भित्र फिर्ता नलिए आन्दोलन गर्ने दुर्गा प्रसाईंको चेतावनी

spot_img

बारा, ०५ चैत । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले पछिल्लो समय वृद्धि भएको इन्धनको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महाअभियानका संयोजक दुर्गा प्रसाईंले सरकारलाई एक हप्ताको अल्टिमेटम दिँदै मूल्यवृद्धि फिर्ता नभए देशभर आन्दोलन गर्ने चेतावनी दिएका हुन ।

प्रसाईंले उक्त आन्दोलनको नेतृत्व महाअभियानको विद्यार्थी संगठनले गर्ने जानकारी दिए । सरकारले विद्यार्थी संगठनहरूलाई खारेज गर्ने तयारी गरिरहेको चर्चाप्रति लक्षित गर्दै उनले त्यसो नगर्न चेतावनी समेत दिएका छन् ।

कार्यक्रममा बोल्दै प्रसाईंले वर्तमान विद्यार्थी संगठनहरूको भूमिकाप्रति समेत प्रश्न उठाएका छन् । विगतमा इन्धनमा दुई रुपैयाँ मात्र मूल्य बढ्दा पनि बोल्ने संगठनहरू आज एकैपटक ठूलो मात्रामा मूल्यवृद्धि हुँदा समेत मौन बसेको भन्दै उनले आलोचना गरे । आज सय रुपैयाँसम्म मूल्य बढ्दा कुनै पनि संगठनले नागरिकको पक्षमा आवाज नउठाएको उनको आरोप थियो ।

बढ्दो महँगीले सर्वसाधारणको ढाड सेकिरहेको अवस्थामा सरकार जिम्मेवार नबनेको उनले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर