Friday, June 5, 2026

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

spot_img

बारा, ०९ वैशाख । गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

विगत केही दिनदेखि विभिन्न व्यावसायिक विवादमा मुछिएपछि चौतर्फी दबाबका बीच उनले आज प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका हुन् ।

गृहमन्त्री गुरुङले पदभन्दा नैतिकता र जनविश्वास ठूलो भएको भन्दै आफ्नो पदबाट राजीनामा दिएको बताएका छन् । पछिल्लो समय आफूमाथि उठेका प्रश्नहरूको जवाफ नैतिकताका आधारमा दिने भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिएको बताएका हुन।

उनले देशमा सुशासन र पारदर्शिताको माग गर्दै उठिरहेको जेन–जी आन्दोलनको मर्मलाई आत्मसात् गर्दै सार्वजनिक जीवन स्वच्छ हुनुपर्नेमा जोड दिएका छन्। गुरुङले आफ्नो राजीनामा पत्रको भाव समेटिएको स्टाटसमा ४६ जना सहिदहरूको रगत र बलिदानको जगमा बनेको सरकारमाथि प्रश्न उठ्नु दुःखद भएको उल्लेख गरेका छन्।

आफूसँग जोडिएका विषयहरूमा निष्पक्ष छानबिन होस् र पदमा बहाल रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको उनले प्रष्ट पारेका छन्। उनले लेखेका छन्, “मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु, अब सत्य र इमानदारीको बाटोमा सबै उभिनुपर्छ।”

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर