Friday, June 5, 2026

कलैयामा बसपार्कबाट सवारी सञ्चालन गर्ने निर्णय अलपत्र: नियम बने पनि कार्यान्वयन हुन सकेन

spot_img

बारा, १३ वैशाख । बाराको सदरमुकाम कलैयालाई व्यवस्थित बनाउन सार्वजनिक सवारीसाधन बसपार्कबाटै सञ्चालन गर्ने भनिएको निर्णय हालसम्म कार्यान्वयन हुन सकेको छैन।

कलैया उपमहानगरपालिकाले गत वैशाख ११ गते शुक्रबारदेखि सबै प्रकारका सार्वजनिक सवारीसाधन कलैया-४ स्थित बसपार्कबाटै अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने सूचना जारी गरे पनि आज वैशाख १३ गते आइतबारसम्म अवस्था उस्तै देखिएको छ।

उपमहानगरपालिकाले भरत चोकदेखि पश्चिम, उत्तर र दक्षिणतर्फ चल्ने बस, मिनी बस, म्याजिक, टेम्पो, ई-भी माइक्रो र टाटा सुमो लगायतका सवारी बसपार्कबाट संचालन हुने जनाएको थियो । तर, आज दिउँसो १२ बजेसम्मको वस्तुस्थिति हेर्दा अधिकांश सवारीसाधनहरू अझै पनि मुख्य चोक र सडक खण्डमै जथाभाबी पार्किङ गरिएका छन्। विशेषगरी भरत चोकमा यात्रु चढाउने र ओराल्ने काम पहिले झैँ अनियन्त्रित रूपमा भइरहँदा नगरको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ।

यस विषयमा अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाका प्रहरी वरिष्ठ नायब निरीक्षक भानुभक्त नेपालसँग बुझ्दा उनले केही ढिलाइ भएको बताएका छन्। उनका अनुसार मौसममा सुधार आएर पानी पर्न छाड्ने बित्तिकै कलैयाबाट विभिन्न रुटमा चल्ने सबै सवारीसाधनलाई बसपार्क पठाउने कार्य आजैबाट कडाइका साथ सुरु गरिनेछ।

लामो समयदेखि मुख्य बजार क्षेत्रमा हुने सवारी जाम हटाउन र आवागमन सहज बनाउन यो योजना ल्याइए पनि प्रभावकारी अनुगमनको अभावमा निर्णय कागजमै सीमित हुने गरेको छ। उपमहानगरपालिका र ट्राफिक प्रहरीले समन्वय गरी निर्णयलाई पूर्ण रूपमा लागू गर्न सके मात्र कलैयाको ट्राफिक ब्यवस्था सुधार आउने देखिन्छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर