Friday, June 5, 2026

सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु

spot_img

बारा, १४ वैशाख । सिरहाको मिर्चैया नगरपालिका-९, भगवानपुर टोलमा मंगलबार राति चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन्।

राति करिब साढे १० बजेको समयमा परेको चट्याङले अन्दाजी ३० वर्षीया रंजितादेवी सदाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शरीरमा बाहिरी चोटपटक नदेखिए पनि चट्याङको असरले उनको ज्यान गएको हो । सोही घटनामा रंजिताका ३५ वर्षीय श्रीमान् मिथिलेश सदा घाइते भएका छन्। उनको हाल स्थानीय मेडिकलमा उपचार भइरहेको र अवस्था मध्यम रहेको जानकारी प्रहरीले दिएको छ।

घटनापश्चात् प्रहरीले मृतकका माइती पक्षलाई यसबारे जानकारी गराइसकेको छ भने कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर