Friday, June 5, 2026

एक महिनाको अवधिमा मधेश प्रदेशबाट ५० जना बिचौलियाहरू पक्राउ

spot_img

बारा, १८ वैशाख। नेपाल प्रहरीले विगत एक महिनाको अवधिमा देशका विभिन्न स्थानबाट सेवाग्राहीलाई प्रलोभनमा पारी दुःख दिने ४ सय १७ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सबैभन्दा बढी काठमाडौँ उपत्यकाबाट १ सय २३ जना रहेका छन् भने मधेश प्रदेशबाट ५०, बागमतीबाट ७६, कोशीबाट ४५, लुम्बिनीबाट ४४, सुदूरपश्चिमबाट २८, गण्डकीबाट २७ र कर्णाली प्रदेशबाट २४ जना रहेका छन्।

पक्राउ परेकामध्ये १ सय २१ जना विरुद्ध मुद्दा दर्ता गरी कानुनी कारबाही अगाडि बढाइएको छ भने बाँकी २ सय ९६ जनालाई आवश्यक छानबिनपछि छाडिएको प्रहरीले जनाएको छ।

नागरिकमैत्री, पारदर्शी र बिचौलियामुक्त सेवा प्रवाहलाई उच्च प्राथमिकता दिँदै प्रहरीले देशभरका कार्यालयहरू मार्फत यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सक्रियता बढाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर