Friday, August 7, 2026

आर्थिक संकटमा परेको भन्दै वायुसेवा कम्पनीलाई तत्काल राहत तथा सहुलियत दिन सरकारसँग माग

बारा, २० वैशाख । नेपालका निजी वायुसेवा कम्पनीहरू गम्भीर आर्थिक संकटमा परेको भन्दै नेपाल वायुसेवा सञ्चालक संघले सरकारसँग तत्काल विशेष राहत प्याकेज उपलब्ध गराउन माग गरेको छ।

कोभिड–१९ को दीर्घकालीन असर, हालैको जेनजी आन्दोलन र मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य अत्यधिक वृद्धि भएपछि नेपाली हवाई क्षेत्र धराशायी हुने अवस्थामा पुगेको संघको ठहर छ।

इन्धनको मूल्यवृद्धिका कारण सञ्चालन खर्चमा भारी वृद्धि भएको र पर्यटकको संख्यामा आएको कमीले कम्पनीहरूलाई दैनिक खर्च धान्न समेत मुस्किल परेको संघले जनाएको छ। पहिले वायुसेवा कम्पनीहरूको कुल खर्चमा इन्धनको हिस्सा ३० देखि ४० प्रतिशत रहने गरेकोमा हाल त्यो बढेर ५५ देखि ६० प्रतिशत पुगेको संघले जनाएको छ। संघका अध्यक्ष प्रतापजंग पाण्डेका अनुसार आर्थिक भार थेग्न नसक्ने गरी बढेकाले समयमै सम्बोधन नभए भविष्यमा हवाई सेवा नै बन्द गर्नुपर्ने चुनौतीपूर्ण अवस्था आउन सक्छ।

यस संकटबाट पार पाउन र यात्रुलाई सर्वसुलभ सेवा दिइरहन संघले सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग विभिन्न सहुलियतको प्रस्ताव गरेको छ।

मुख्य मागहरूमा प्राधिकरणले लिँदै आएको ल्याण्डिङ, पार्किङ र नेभिगेशन शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने र विमानस्थल सेवा शुल्क नियमावली, २०७८ लाई समयानुकूल संशोधन गर्नुपर्ने बुँदाहरू रहेका छन्।

यसैगरी, आन्तरिक उडानमा लाग्दै आएको मौसमी सेवा शुल्क हटाउन र वायुसेवा उद्योगलाई ‘प्राथमिकता प्राप्त उद्योग’ को वर्गीकरणअनुसार कर छुट उपलब्ध गराउन समेत जोड दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर