Saturday, August 8, 2026

आज बारा पर्सा सहित १३ भन्दा बढी जिल्लाहरुमा चट्याङ सहित वर्षा हुने सम्भावना

बारा, २२ वैशाख। बारा पर्सा सहित देशका १३ वटाभन्दा बढी जिल्लाहरुमा आज तीव्र हावाहुरी, मेघगर्जन र चट्याङ सहित वर्षा हुने मौसम पूर्वानुमान छ । दिउँसो बारा, बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस्तै आज राति कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ ।

“हावाहुरीबाट जोगिने उपायहरू अपनाउन अनुरोध छ,” विभागले मंगलबार बिहान सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

बाराको सिमरा क्षेत्रमा दिउँसो र राति वर्षा हुने सम्भावना ४० प्रतिशत छ भने ताप्लेजुङ, ओखलढुंगा, जिरी र जोमसोममा पानी पर्ने सम्भावना ६० प्रतिशत रहेको विभागले जनाएको छ ।

“हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ,” विभागले भनेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर