Thursday, June 4, 2026

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ

spot_img

बारा, २३ वैशाख । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने र आकर्षक तलब दिलाउने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बागलुङका २२ वर्षीय सन्दिप थापा मगर, काठमाडौंका ४३ वर्षीय निर बहादुर कार्की, सर्लाहीका ३९ वर्षीय विजय कुमार यादव, काठमाडौंका ३७ वर्षीय चिरन्जिवी अधिकारी र रामेछापका ३० वर्षीय प्रवेश गुरूङ रहेका छन्।

उनीहरूले माल्टा, क्रोएशिया, कतार, क्यानडा र मकाउ जस्ता देशहरूमा पठाइदिने भन्दै १४ जनाभन्दा बढी पीडितहरूबाट कुल ५१ लाख ९५ हजार रुपैयाँ संकलन गरी सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट सोमबार र मंगलबार नियन्त्रणमा लिएको हो।

विवरण अनुसार, सन्दिपले माल्टाका लागि १२ लाख, निर बहादुरले क्रोएशियाका लागि २ लाख २५ हजार, विजय कुमारले कतारका लागि २ लाख २० हजार, चिरन्जिवीले क्यानडाका लागि ३० लाख र प्रवेशले मकाउका लागि ५ लाख ५० हजार रुपैयाँ ठगी गरेको खुलेको छ।

पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर