बारा, २७ वैशाख । धनुषाको मिथिला नगरपालिका–९ स्थित फुटबल ग्राउण्ड नजिक आज बिहान एउटा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्।
काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस पूर्व–पश्चिम सडकखण्डमा अर्को सवारी साधनलाई उछिन्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको हो।
इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार दुर्घटनाका समयमा बसमा कुल ३३ जना यात्रु सवार थिए। घाइते भएका १७ जनाको हाल लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ। तीव्र गतिका कारण बस अनियन्त्रित भएको प्रारम्भिक अनुमान गरिएको छ।
घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।





