बारा, २७ वैशाख । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ । गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला रु एक हजारले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु २५ ले बढेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९८ हजार ९०० कायम भएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला रु पाँच हजार ३०० निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार ९०० र चाँदी प्रतितोला रु पाँच हजार २७५ मा कारोबार भएको थियो ।





