बारा , २८ वैशाख । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।
आज बिहान १०ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको सरकारका प्रवक्ता तथा सस्मित पोखरेलले जानकारी दिएका छन् ।
बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने जनाइएको छ।
आज अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ।





