Thursday, June 4, 2026

एसईई नतिजा वैशाख २९ भित्र सार्वजनिक गर्ने तयारी

spot_img

बारा, २८ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी तीव्र पारेको छ । सरकारले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न दिएको निर्देशनअनुसार बोर्डले कामलाई अन्तिम चरणमा पुर्‍याएको हो ।

कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार विद्यार्थीको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने काम सम्पन्न भइसकेको छ भने अन्तिम रुजु गर्ने कार्य पनि करिब सकिएको छ । कुनै प्राविधिक समस्या नआए मङ्गलबार नै नतिजा सार्वजनिक गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।

यस वर्षको एसईई परीक्षा गत चैत १९ गतेदेखि देशभरका १,९६६ परीक्षा केन्द्रबाट सञ्चालन भएको थियो । परीक्षामा पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए भने जापानको एक परीक्षा केन्द्रबाट २३ विद्यार्थीले पनि परीक्षा दिएका थिए ।

बोर्डले नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने सरकारको निर्देशनअनुसार तीव्र गतिमा कार्य अघि बढाएको हो । विगतमा करिब तीन महिनामा नतिजा सार्वजनिक हुँदै आएकोमा यस वर्ष समय छोट्याइएको हो । यस वर्ष उत्तरपुस्तिका परीक्षण परीक्षा सकिएको तीन दिनभित्रै सम्पन्न गरिएको बोर्डले जनाएको छ ।

नतिजा हेर्नका लागि एसएमएस, आईभीआर, युएसएसडी तथा विभिन्न वेबसाइटमार्फत सुविधा उपलब्ध गराइएको छ । विद्यार्थीहरूले मोबाइल एसएमएस, नेपाल टेलिकमको १६०० नम्बर, साथै www.see.gov.np, www.neb.gov.npwww.see.ntc.net.np मार्फत नतिजा हेर्न सक्नेछन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर