Thursday, June 4, 2026

ट्रान्सफर्मर पड्किँदा घाइते मजदुरको मृत्यु

spot_img

बारा, २९ वैशाख । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहीस्थित एभरेष्ट छाला उद्योगमा ट्रान्सफर्मर पड्किएर घाइते भएका मजदुरको उपचारका क्रममा मृत्यु भएको छ।

गत वैशाख २२ गते उद्योगमा ट्रान्सफर्मर जडान गर्ने क्रममा भएको विस्फोटमा परी गम्भीर घाइते भएका पर्साको बहुदरमाई नगरपालिका-३ का ४५ वर्षीय चनरदिप यादवको मंगलबार उपचारका क्रममा निधन भएको हो।

यादवको मृत्युको खबर सार्वजनिक भएसँगै आक्रोशित बनेका परिवारजन र स्थानीय बासिन्दाले उचित क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्। छाला उद्योग र कम्पनीको लापरवाहीले घटना भएको स्थानीयको आरोप छ ।

पीडित परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ। ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्रीका अनुसार घटनाको अनुसन्धानका लागि दुई जना लाई नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर