बारा, ३० वैशाख । सभामुख डिपी अर्यालले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम छलफलका लागि टेबुल गर्ने कार्यतालिका भए पनि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बैठकमा अनुपस्थित भएपछि विपक्षी दलका सांसदहरूले संसदमा नाराबाजी गर्दै अवरोध सिर्जना गरेका हुन्।
सरकारको नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण विषयमा छलफल हुँदा देशको कार्यकारी प्रमुख नै सदनमा उपस्थित नहुनु संसदीय मर्यादा विपरीत भएको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका छन्।
विपक्षीको विरोध र आसनबाट उभिएर गरिएको अवरोधका कारण सदनको कारबाही अगाडि बढ्न नसकेपछि सभामुख अर्यालले बैठक स्थगित गरेका हुन्।



