Thursday, June 4, 2026

बारामा बजार अनुगमन: ४ फर्मलाई १ लाख ५ हजार जरिवाना

spot_img

बारा, ३० वैशाख । जिल्ला प्रशासन कार्यालय बाराको अगुवाइमा आज गरिएको संयुक्त बजार अनुगमनका क्रममा मापदण्ड पुरा नगर्ने विभिन्न व्यवसायिक फर्महरूलाई कुल १ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

आज बुधबार जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, ईलाका प्रहरी कार्यालय कोल्हवी र उपभोक्ता हित संरक्षण मञ्चको संयुक्त टोलीले कोल्हवी र महागढीमाई क्षेत्रमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ को प्रावधान उल्लंघन गर्ने ६ वटा फर्महरूमध्ये ४ वटालाई नगद जरिवाना गरिएको छ । महागढीमाई-१ मा रहेको मुस्कान डेरी उद्योगले ऐनको दफा ३८ को खण्ड ट अनुसारको कसुर गरेको पाइएकाले सबैभन्दा बढी ७५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

यस्तै कोल्हवी-२ मा रहेको हाम्रो फ्रेस चाउमिन उद्योग खाद्य क्षेत्र अन्तर्गत नियमित अनुगमन गर्दा ऐनको दफा ३८ (घ) बमोजिमको कसुर देखिएकाले २० हजार रुपैयाँ जरिवाना गरिएको छ । प्रशासनका अनुसार कोल्हवी-१ मा रहेको न्यू जैशवाल मिष्ठान भण्डार मिठाई पसलले ऐनको दफा ३८ (घ) अनुसारको कसुर गरेकाले ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । कोल्हवी-३ मा रहेको वैष्णाव होटललाई पनि ऐन विपरितको कसुरमा ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

यसैगरी कोल्हवी-१ मा सञ्चालित शिवम ट्रेडर्स र आयुष ज्वेलर्समा गरिएको अनुगमनमा भने ऐन बमोजिमका प्रावधानहरू पालना गरिएको पाइएको छ । ती फर्महरूलाई थप सुधारका लागि सामान्य निर्देशन दिएर छाडिएको अनुगमन टोलीले जनाएको छ ।

बारामा केहिदिन देखि प्रशासनले निरन्तर अनुगमन गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर