Thursday, June 4, 2026

सर्लाहीको हरिवनमा बसको ठक्करबाट एक जनाको मृत्यु

spot_img

बारा, ३१ वैशाख । सर्लाहीको हरिवनमा आज बिहान यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

उदयपुरको गाईघाटबाट काठमाडौँतर्फ प्रस्थान गरिरहेको बा.प्र.–०१–००६ ख ९६७० नम्बरको बसले हरिवन नगरपालिका–११ स्थित कडरिया चोकमा पैदलयात्रीलाई ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार दुर्घटनामा परेका पुरुषको घटनास्थलमै मृत्यु भएको हो। हालसम्म मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन।

इलाका प्रहरी कार्यालय कर्मैयाले घटनाको मुचुल्का तयार गरी थप अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ। ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर