बारा, १ जेठ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ४ हजारले घट्दै रु २ लाख ९८ हजार ५०० कायम भएको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला रु ३५५ ले घटेर रु ५ हजार ३९० निर्धारण गरिएको महासङ्घले जनाएको छ।
हिजो बिहीबार छापावाल सुन प्रतितोला रु ३ लाख २ हजार ५०० र चाँदी रु ५ हजार ७४५ मा कारोबार भएको थियो। य





