Thursday, June 4, 2026

प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

spot_img

बारा, ०३ जेठ । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका कीर्तिमानी आरोहीद्वय कामी रिता शेर्पा र लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गरेका छन् ।

शेर्पाले आज बिहान १०ः१२ बजे ३२औँ पटक सगरमाथाको सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान पुनः नवीकरण गरेका छन् भने माउन्टेन क्विनका रूपमा परिचित लाक्पा शेर्पाले आजै बिहान ९ः३० बजे ११औं पटक सगरमाथा आरोहण गरी महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक शिखर पुग्ने विश्व कीर्तिमान कायम गरे ।

सामाजिक सञ्जाल एक्समार्फत बधाई दिँदै प्रधानमन्त्री शाहले यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई थप उज्यालो बनाउने विश्वास व्यक्त गरेका छन् । सगरमाथालाई नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीकका रूपमा उल्लेख गर्दै प्रधानमन्त्री शाहले निरन्तरको अदम्य साहस, कठोर आत्मअनुशासन र कर्मप्रतिको इमान्दार समर्पणले मात्र यस्तो ऐतिहासिक सफलता प्राप्त हुने बताएका छ्न् ।

नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम रहेको चर्चा गर्दै उनले हिमाललाई ईश्वर झैं पुजन गर्ने, जोखिमलाई जिम्मेवारीका रूपमा स्वीकार गर्ने र विश्वभरका आरोहीलाई सुरक्षित रूपमा शिखरसम्म पुर्‍याउने शेर्पाहरू वास्तवमै हिमालयका अदृश्य नायक भएको उल्लेख गरेका छन् ।

उनले शेर्पा समुदायको साहस, ज्ञान र श्रम बिना हिमालको गौरव अधुरो रहने बताउँदै सम्पूर्ण नेपालीको तर्फबाट दुवै कीर्तिमानी आरोही, शेर्पा समुदाय र पर्वतारोहण क्षेत्रमा समर्पित सबैप्रति हार्दिक बधाई तथा उच्च सम्मान प्रकट गरे्का छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर