Thursday, June 4, 2026

बोक्सीको आरोप लगाई गालीगलौज तथा चप्पलले कुटपिट गर्ने ३ जना महिला पर्सा प्रहरीको नियन्त्रणमा

spot_img

वीरगन्ज, ०५ जेठ। जिल्ला प्रहरी कार्यालय पर्साले बोक्सीको आरोप लगाई एकजना वृद्ध महिलालाई गालीगलौज तथा चप्पलले कुटपिट गर्ने ३ जना महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नं ३२ चोर्नी टोल बस्ने ३८ वर्षिय पिंकी देवी, ४४ वर्षिय पानमति देवी र ५४ वर्षिय शान्ति देवी धानुक रहेका छन्।

गत वर्ष २०८२ सालको फाल्गुन २७ गते साँढे ११ बजेको क्रममा वीरगन्ज महानगरपालिका वडा नं ३२ चोर्नी टोल स्थित गहुँ बारीमा बाली हेर्न जाने क्रममा त्यहि की ७२ वर्षिय कोशिला अहिरिनलाई त्यहिँ की २८ वर्षिय मुनती देवी समेत उनीहरूले बाटो छेकी झुक्यानमा पारेर एकछिन काम छ भनेर, जोरजुलुम गरी आफ्नो आंगनमा लगि मलाई किन भुतप्रेत लगाइ बिरामी पारेको भनी गालीगलौज र चप्पलले कुटपिट गरेका थिए।

कुटपिट पश्चात अहिरिनले जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको जाहेरी दरखास्तको आधारमा मंगलबार वीरगन्ज महानगरपालिका वडा नं ८ घण्टाघरमा घुमफिर गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिए।

पक्राउ परेकाहरुलाई बोक्सीको आरोप ( कसुर र सजाय ) ऐन, २०७२ अनुसार पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर