बारा, ०८ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री यादवको पक्षमा ६२ मत र विपक्षमा ३६ मत परेको छ ।
गत वैशाख २१ गते सत्ता साझेदार दल जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले संवैधानिक व्यवस्था अनुसार सदनबाट विश्वासको मत लिएका हुन । नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारलाई नेकपा एमाले र नेकपाले समर्थन गरेको छ ।
यादवलाई नेपाली कांग्रेसका २२, नेकपा एमालेका २४, नेकपाका १५ र नेपाल संघीय समाजवादीका एक सांसदले मत दिएका थिए ।





