बारा, १२ जेठ । रौतहटमा सोमबार साँझ आएको हावाहुरीका कारण घर भत्किँदा थिचिएर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा वृन्दावन नगरपालिका–७ धमौराटोल निवासी ३५ वर्षीया फूलकुमारी देवी रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी रोहितकुमार शर्मा बढईका अनुसार हुरीले फूलकुमारीका श्रीमान् रायको टायलको छानो र बाँसको बार भएको एकतले कच्ची घर भत्काएको थियो।
घर भत्किँदा गम्भीर घाइते भएकी फूलकुमारीको गरुडास्थित बेटर नेपाल अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।




