बारा, १४ जेठ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा रु पाँच हजार ५०० र चाँदी रु २१५ ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासंघका अनुसार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८५ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८६५ कायम भएको छ ।
हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ८० मा कारोबार भएको थियो ।




