बारा, १५ जेठ । सरकारले आयकर छुटको सीमामा व्यापक वृद्धि गरेको छ।
शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले न्यूनतम आयकर लाग्ने सीमा परिमार्जन गरिएको घोषणा गरेका हुन ।
नयाँ व्यवस्था अनुसार अब वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने नागरिकले न्यूनतम १ प्रतिशत मात्रै कर तिरे पुग्ने भएको छ। यसअघि वार्षिक ५ लाख रुपैयाँसम्मको आम्दानीमा मात्रै १ प्रतिशत कर लाग्ने गरेकोमा सरकारले त्यसलाई दोब्बर बनाउँदै १० लाख पुर्याएको हो।




