Saturday, September 19, 2026

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

Advertisement
Advertisement

बारा, १७ जेठ। संघीय संसद् अन्तर्गत आज आइतबार (जेठ १७ गते) दुवै सदनको बैठक बस्दै छ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक बिहान सवा ११ बजे बस्ने गरी आह्वान गरिएको छ।

आजको प्रतिनिधिसभा बैठकमा संसद्को नियमावली मस्यौदा प्रतिवेदनमाथि दफावार छलफल गर्ने र त्यसलाई पारित गर्ने मुख्य कार्यसूची तय गरिएको छ। यसैगरी, बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक’ प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक सदनसमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

सोही बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षणसम्बन्धी महासन्धी, १९४७ र बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ लाई प्रतिनिधिसभामा पेस गर्ने कार्यक्रम समेत तय भएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर