बारा, २० जेठ। बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले ४ वटा विद्यालयमा आफ्नो छोराछोरीहरुको भर्ना नगराउन सुचना जारी गरेको छ।
मंगलबार सुचना जारी गर्दै उपमहानगरपालिकाले वडा नं ३ मा रहेको रोज एकेडमी, वडा नं २ मा रहेको माउन्ट एभरेस्ट, वडा नं ७ मा रहेको अम्ब्रेला अंग्रेजी बोर्डिङ स्कुल र वडा नं १९ मा रहेको बाबुलाल एकेडमीमा भर्ना नगराउन सुचना जारी गरेको हो।
उपमहानगरपालिकाले उक्त ४ वटा संस्थागत विद्यालयहरुलाई विविध कारणले पालिकाको इमिस (EMIS) बाट हटाइएको जनाएको छ।




