बारा, २४ जेठ । सर्लाहीको बरहथवामा बयलगाडाले किचेर गम्भीर घाइते भएका एक बालकको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।
शनिबार बरहथवा नगरपालिका–१६ का खैरु पण्डितले चलाएको बयलगाडाले किच्दा स्थानीय कृष्ण कुम्हालका ९ वर्षीय छोरा सुभास कुम्हाल गम्भीर घाइते भएका थिए ।
घटनालगत्तै घाइते बालकलाई तत्काल उपचारका लागि बरहथवास्थित नगर अस्पताल पुर्याइएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगञ्जस्थित न्यूरो अस्पताल लगिएकोमा आज बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।





