Monday, June 8, 2026

एसियन गेम्स क्रिकेट छनोट: हङकङलाई हराउँदै नेपाल विजयी

spot_img

बारा, २४ जेठ । सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको उपाधि नेपालले जितेको छ । सोमबार भएको फाइनल खेलमा नेपालले हङकङलाई डकवर्थ लुइस (डीएलएस) पद्धति अनुसार १९ रनले पराजित गर्‍यो ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले अंशुमन राथको ८० रन र शाहिद वासिफको ५५ रनको मद्दतले २० ओभरमा ७ विकेट गुमाएर १८८ रनको बलियो योगफल खडा गरेको थियो । नेपालका लागि बलिङतर्फ शेर मल्लले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए भने करण केसीले २ र सन्दीप लामिछानेले १ विकेट झारे ।

१८९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षा सुरु भएपछि खेल रोकिएको थियो । सो समयमा डीएलएस पद्धति अनुसार नेपालको पार स्कोर ९५ रन हुनुपर्नेमा नेपाल १९ रनले अगाडि रहेको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ४० बलमा ६५ रनको आक्रामक अर्धशतकीय इनिङ खेले भने कप्तान रोहित पौडेल ३५ र दीपेन्द्रसिंह ऐरी ९ रनमा नटआउट रहे । हङकङका लागि एहसान खान र आयुष शुक्लाले १-१ विकेट लिए । यो जितसँगै नेपाल र हङकङ दुवै टोली फाइनल यात्रासम्म अपराजित रहे पनि उपाधि भने नेपालले आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर