बारा, २५ जेठ । प्रतिनिधिसभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) लाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै प्रहरीले आवश्यक कानुनी कारबाही गरेको छ।
केही दिनअघि एक हातले मोटरसाइकलको ह्यान्डल समातेर अर्को हातमा मोबाइल बोकी भिडिओ खिच्दै लापरवाहीपूर्ण तरिकाले सवारी चलाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि उनीमाथि चौतर्फी आलोचना भएको थियो।
अनिवार्य मानिने हेल्मेटको फिता समेत नलगाएका साम्पाङ सोही लापरवाहीका कारण सडकमा सामान्य दुर्घटनामा समेत परेका थिए। ट्राफिक प्रहरीले उनलाई पहिचान गरी लापरवाहीका साथ सवारी चलाएको कसुरमा जरिवानासहित आवश्यक कानुनी दायरामा ल्याएको हो।




