बारा, २६ जेठ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले वि.सं. २०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने निर्णय गरेका छन् । आज सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गरेलगत्तै उनले यस सम्बन्धी छानबिनको प्रक्रिया अगाडि बढाउने बताएका हुन् ।
गृहमन्त्री गुरुङका अनुसार उक्त दरबार हत्याकाण्डका सम्बन्धमा यसअघि तयार पारिएका विभिन्न अनुसन्धान प्रतिवेदनहरूको अध्ययन गरिनेछ र त्यसकै आधारमा थप छानबिनको कार्यलाई तीव्रता दिइनेछ ।




