बरा,२९ जेठ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका महोत्तरीको बर्दिबास नगरपालिका-९ का वडाध्यक्ष घुरन महतो पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार महोत्तरी जिल्ला अदालतबाट गत वैशाख २२ गते फरार सूचीमा रहेका महतोलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
पक्राउ परेका वडाध्यक्ष महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिएका छन् । उनका अनुसार उनीमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको छ।




