Sunday, June 14, 2026

पर्सामा १०० केजी गाँजा बरामद, संलग्न व्यक्तिको खोजी तीव्र

पर्सा, ३१ जेठ। पर्सा प्रहरीले विशेष सूचनाको आधारमा सञ्चालन गरेको संयुक्त अपरेशनका क्रममा १०० किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जेठ ३१ गते पर्साको जगरनाथपुर गाउँपालिका–३ स्थित सुरैया चोक क्षेत्रमा खानतलासी गर्ने क्रममा पाँचवटा चामलको बोराभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १०० केजी गाँजा फेला पारेको हो।

प्रहरीका अनुसार बरामद गरिएको गाँजा नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ। उक्त लागूऔषधसँग सम्बन्धित व्यक्ति वा समूहको पहिचान तथा पक्राउका लागि अनुसन्धानलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी बढाएको बताउँदै प्रहरीले यस्ता गैरकानुनी गतिविधिविरुद्ध सूचना दिन सर्वसाधारणलाई समेत आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर