Tuesday, June 16, 2026

सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा

बारा, ०२ असार । चेक अनादर (चेक बाउन्स) तथा ठगी सम्बन्धी आरोपमा शनिबार पक्राउ परेका चर्चित सेफ सन्तोष साह हाजिरी जमानीमा छुटेका छन्। रकम दाखिला गरेपछि साह हाजिर जमानीमा रिहा भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अनुसन्धानको प्रक्रियामा आवश्यक परेका बेला जुनसुकै समयमा पनि उपस्थित हुने सर्तमा उनलाई परिवारका सदस्यको जिम्मा लगाएर हिरासतमुक्त गरिएको हो।

सन् २०२१ मा बीबीसीको बहुप्रतिष्ठित कुकिङ शो ‘मास्टरसेफ: द प्रोफेसनल्स’ मा सहभागी भई उपविजेता बनेका साह नेपाली खाना र मौलिक परिकारहरूलाई विश्वमञ्चमा चिनाउने नेपाली सेफका रूपमा परिचित छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर