Thursday, June 25, 2026

जितपुरसिमरा उपमहानगरपालिकाको बजेट निरन्तर घट्दै 

बारा, ११ असार। जितपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि नगर सभाको १४ औं अधिवेशनको दोस्रो बैठकबाट १ अर्ब ८७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेट चालु आर्थिक वर्ष २०८२/०८३ को तुलनामा कम रहेको छ। उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि २ अर्ब १ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो। त्यस्तै आर्थिक वर्ष २०८१/०८२ मा २ अर्ब १० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

यस अनुसार नयाँ बजेट आर्थिक वर्ष २०८२/०८३ को तुलनामा करिब १३ करोड १ लाख रुपैयाँले र आर्थिक वर्ष २०८१/०८२ को तुलनामा २३ करोड ५० लाख रुपैयाँले कम रहेको छ।

उपमहानगरपालिकाले आगामी वर्ष शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखेर बजेट ल्याएको जनाएको छ। साथै २४ वटै वडामा विकास निर्माणका कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिएको छ।

उपमहानगरपालिकाको नगरसभामा उपप्रमुख भोला प्रसाद अधिकारीले बजेट प्रस्तुत गरेका हुन् भने नगरसभाको अध्यक्षता नगर प्रमुख राजन पौडेलले गरेका थिए। बजेट घटे पनि उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै जनमुखी कार्यक्रम सञ्चालन गर्ने उपमहानगरपालिकाको लक्ष्य रहेको बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर