Thursday, June 25, 2026

सुवर्ण गाउँपालिकाद्वारा ४३ करोडभन्दा बढीको बजेट सार्वजनिक

बारा, ११ असार। बाराको सुवर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। बुधबार गाउँ कार्यपालिकाको कार्यालय, कवही गोठमा आयोजित गाउँ सभाको १७औं अधिवेशनमार्फत ४३ करोड २६ लाख ७९ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको हो।

गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादवले सभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आगामी वर्ष विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार क्षेत्रमा प्राथमिकता दिइने जानकारी दिनुभयो।

उहाँका अनुसार स्थानीय आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको छ भने दिगो विकास, रोजगारी सिर्जना तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउनेतर्फ विशेष जोड दिइएको छ।

गाउँ सभामा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो। बजेट कार्यान्वयनसँगै गाउँपालिकाको समग्र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर