Thursday, June 25, 2026

वीरगञ्ज भन्सारबाट ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

बारा, ११ असार । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा रु दुई खर्ब २१ अर्ब ७८ करोड राजस्व सङ्कलन गरेको छ।

कार्यालयले सो अवधिमा रु दुई खर्ब ४९ अर्ब १९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको ८९ प्रतिशत मात्रै प्रगति हासिल भएको हो।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवको ११ महिनामा ९ प्रतिशत (अर्थात रु १७ अर्ब ९७ करोड) बढी राजस्व सङ्कलन भएको छ। गत आवको ११ महिनामा कार्यालयले रु दुई खर्ब तीन अर्ब ८१ करोड राजस्व उठाएको थियो।

भन्सार विभागले कार्यालयलाई वर्षभरिका लागि भने रू दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने कुल लक्ष्य तोकेको छ।

चालु आर्थिक वर्षको महिनागत विवरण अनुसार भन्सार कार्यालयले साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७४ करोड, असोजमा रु १९ अर्ब ९ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड, र मङ्सिरमा रु २० अर्ब ८० करोड राजस्व सङ्कलन गरेको थियो।

यसैगरी पुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड, फागुनमा रू १९ अर्ब ३४ करोड, चैतमा रु २२ अर्ब ८२ करोड, वैशाखमा रु २१ अर्ब ७४ करोड र जेठ महिनामा रु २२ अर्ब ३२ करोड राजस्व सङ्कलन भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर