बारा, १२ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट बाराबाट निर्वाचित २ जना सांसद केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद अरविन्द साह मधेशी समुहतर्फ ९ सय ६४ मत र ६ वटा प्रवास गरी जम्मा ८ सय ७० मतले निर्वाचित भएका छन्।
यस्तै बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद रहबर अंसारी मुस्लिम समुहतर्फ एकहजार २५ मत र प्रवासतर्फ २२ गरी जम्मा एकहजार ४५ मतले निर्वाचित भएका छन्।
मधेशी समुहतर्फ बब्लु गुप्ता (१४४५ मत), दिपक कुमार साह (८९३ मत), जुली यादव (११९५ मत) र कामिनी कुमारी चौधरी (१११४ मत) केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।



