Tuesday, September 29, 2026

खुकुरी प्रहारबाट महिलाको विभत्स हत्या, बाराका एक जना पक्राउ

Advertisement
Advertisement

बारा, ०८ साउन । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार बिहान धारिलो हतियार खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ।

स्थानीय चन्देश्वर साह कलवारका अन्दाजी ४०/४५ वर्षीया श्रीमती रेनु देवी जयसवालमाथि शुक्रबार बिहान करिब १०:३० बजे घरमै बसिरहेको अवस्थामा खुकुरी प्रहार भएको थियो।

टाउको र गर्धनमा गम्भीर चोट लागेकी रेनु देवीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाराको करैयामाई गाउँपालिका-८ ईटहर बेलाही टोल घर भई हाल गुजरा नगरपालिका-५ हरिहरपुर टोलमा बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहार गरी भाग्न खोजेका उपेन्द्रलाई आक्रोशित स्थानीयवासीले नियन्त्रणमा लिई कुटपिट गरेका थिए। स्थानीयको कुटपिटबाट गम्भीर घाइते भएका आरोपी उपेन्द्रको अहिले चन्द्रपुर अस्पताल चन्द्रनिगाहपुरमा प्रहरी नियन्त्रणमा उपचार भइरहेको छ। घटनाको मुख्य कारण अझै खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर