Sunday, September 27, 2026

लगातारको वर्षाले कमला नदीमा पानीको बहाव बढ्यो

Advertisement
Advertisement

बारा, ११ असोज । लगातारको वर्षाका कारण सिरहा र धनुषा जोड्ने कमला नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेपछि स्थानीय प्रशासन तथा सुरक्षा निकायले जोखिम क्षेत्रमा माइकिङ गर्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

मौसम पूर्वानुमान शाखाले ८ गतेदेखि ११ गतेसम्म भारी वर्षा र हावाहुरीको सम्भावना रहेको सूचना जारी गरेपछि सिरहामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई सम्भावित जोखिमयुक्त क्षेत्रमा परिचालन गरिएको छ। लहानस्थित बलान नदीमा समेत पानीको बहाव बढेकाले सखुवानन्कारकट्टी गाउँपालिका–५ र सिरहा नगरपालिका–६ प्रभावित हुन सक्ने जोखिम देखिएको छ।

जोखिम नियन्त्रण तथा उद्धारका लागि जिल्ला प्रशासन कार्यालय सिरहाले विशेष सूचना जारी गर्दै पूर्वतयारी तीव्र बनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार सशस्त्र प्रहरीका ८३ जना सुरक्षाकर्मी फिल्डमा खटिसकेका छन् भने थप २०० जनालाई तयारी अवस्थामा राखिएको छ।

यसैगरी, नेपाली सेनाका २५० जना सुरक्षाकर्मीलाई आवश्यक पर्नासाथ तत्काल परिचालन हुने गरी स्ट्यान्डबाइ राखिएको छ र नेपाल प्रहरी पनि नियमित रूपमा फिल्डमा खटिएको छ। नदी किनार तथा जोखिमयुक्त बस्तीमा बस्ने सर्वसाधारणलाई सुरक्षित रहन र आवश्यक सावधानी अपनाउन प्रशासनले अपिल गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर