Monday, September 28, 2026

गृहमन्त्रीका सचिवालय सदस्यसँग सम्पर्क छ भन्दै अडियो संवाद गर्ने एक जना पक्राउ

Advertisement
Advertisement

बारा, १२ असोज । सामाजिक सञ्जालमा वैयक्तिक प्रतिष्ठा एवं सार्वजनिक मर्यादा विपरीत अडियो प्रसारण भएपछि त्यसको वास्तविक तथ्य बुझ्न खटिएको प्रहरी टोलीमाथि अभद्र व्यवहार गर्ने एक व्यक्तिलाई काठमाडौंबाट नियन्त्रणमा लिइएको छ।

पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ बस्ने ३७ वर्षीय आशिष मल्ल भन्ने धर्मराज मल्ल रहेका छन्।

प्रहरी टोलीसँग सोधपुछका क्रममा गालीगलौज तथा सार्वजनिक स्थानमा अशान्ति सिर्जना गरी अभद्र व्यवहार गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २ दिनको म्याद थप अनुमति लिई उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीले उनको अपराध अभिलेख प्रणालीमा विवरण जाँच गर्दा निजविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा दूर सञ्चार ऐन, ठगी तथा अभद्र व्यवहारसम्बन्धी विभिन्न ६ वटा मुद्दाहरू दर्ता भई अनुसन्धान र फरारी सूचीमा रहेको समेत खुल्न आएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर