बारा, २१ असोज । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले वैदेशिक रोजगारीका लागि कोरिया पठाउने लोभ देखाई ठगी गरेको आरोपमा न्यू सफल ग्लोबल कन्सेल्टेन्सीका संचालक गणेश पाण्डेलाई पक्राउ गरेको छ।
पीडित महिलाले सामाजिक सञ्जाल टिकटक मार्फत प्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष कारबाहीको माग गर्दै भिडियो सार्वजनिक गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। भोडियोमा महिलाले छोरालाई कोरिया पठाउने बहानामा २ वर्षदेखि कल्सेल्टेन्सीले अलपत्र पारेको उल्लेख गरेकी थिइन् ।
सोही अनुसन्धानका आधारमा काठमाडौँ महानगरपालिका-२६ रानीबारी चोकबाट असोज २० गते नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका-११ स्थायी घर भई हाल काठमाडौँको सामाखुसी बस्दै आएका २८ वर्षीय पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनलाई पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।





