बारा, २१ असोज। सिमरा विमानस्थलबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान खराब मौसमका कारण जनकपुर विमानस्थलमा अवतरण गरिएको छ।
बुद्ध एयरको U4 554 उडान बिहान १०ः३० बजे सिमरा विमानस्थलबाट काठमाडौंका लागि उडेको थियो। काठमाडौंको आकाशमा पुगेपछि विमान करिब ३० मिनेट होल्ड गरिएको थियो।
काठमाडौं विमानस्थल क्षेत्रमा वर्षा हुनुका साथै मौसम प्रतिकूल भएपछि अवतरणमा समस्या देखिएपछि विमानलाई जनकपुर विमानस्थलतर्फ डाइभर्ट गरिएको हो।
उक्त विमान करिब १२ः३० बजे जनकपुर विमानस्थलमा अवतरण गरेको जनाइएको छ।
विमानका कर्मचारीका अनुसार मौसम र काठमाडौं विमानस्थलको अवस्था अनुकूल भएमा करिब ३० मिनेटपछि जनकपुरबाट पुनः काठमाडौंका लागि उडान गरिने तयारी छ।
हाल विमान जनकपुर विमानस्थलमै रहेको बताइएको छ।





