Saturday, November 7, 2026

बारामा बाख्रा गोठमा जुवा खेलिरहेका ८ जना पक्राउ

Advertisement
Advertisement

बारा, २१ कात्तिक ।  बाराको जितपुरसिमरा उपमहानगरपालिका–१८ कटा टोलस्थित एक बाख्रा गोठमा जुवा तास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

गए राति करिब २२:१५ बजेको समयमा स्थानीय गोरीमाया तामाङको बाख्रा गोठमा केही व्यक्तिहरूले जुवा (तास) खेलिरहेको भन्ने विशेष सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) दयाकृष्ण भट्टको कमाण्डमा खटिएको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले जुवा खालबाट ७६ हजार ३ सय ९० रुपैयाँ नगदसमेत बरामद गरेको छ। पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–१७ बस्ने ३१ वर्षीय उपेन्द्र प्रसाद साह, ६१ वर्षीय मिन बहादुर थिङ, ३६ वर्षीय कुमार थिङ, ३७ वर्षीय जिमबु चौधरी, ४९ वर्षीय सितलाल तामाङ र ३० वर्षीय वाङ तामाङ रहेका छन्।

त्यस्तै, कलैया उपमहानगरपालिका–२१ बस्ने ५५ वर्षीय देवचन्द्र प्रसाद चौधरी र ३१ वर्षीय रमेश साह पनि पक्राउ परेका छन्।

पक्राउ परेका सबैजनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरामा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर