Saturday, November 7, 2026

चाडपर्वमा उपभोक्ता ठगी, कृत्रिम अभाव र कालोबजारी नगर्न बारा प्रशासनको आग्रह

Advertisement
Advertisement

बारा, २१ कात्तिक ।  जिल्ला प्रशासन कार्यालय, बाराले दीपावली, छठपर्व र नेपाल संवत् ११४७ लगायतका राष्ट्रिय पर्वहरूको अवसरमा शान्ति सुरक्षा कायम गर्न र चाडपर्वलाई व्यवस्थित रूपमा मनाउन सबैमा हार्दिक अनुरोध गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी छवि्रमण भट्टराईद्वारा जारी विज्ञप्तिमा चाडपर्व शान्तिपूर्ण एवं सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न १० बुँदे अपिल गरिएको छ।

प्रशासनले पर्व मनाउँदा अन्य धर्मावलम्बी, छिमेकी र टोल–समुदायको सार्वजनिक जीवनमा असर नपर्ने गरी मनोरञ्जन गर्न, देउसी तथा भैलो सांस्कृतिक एवं मनोरञ्जनात्मक रूपमा मात्र सञ्चालन गर्न आग्रह गरेको छ। त्यस्तै, तिहार र छठ पर्वमा पड्काउने पटाका, भुइँचम्पा तथा आतिसबाजीजस्ता प्रज्वलनशील पदार्थहरूको भण्डारण, बिक्रीवितरण, ओसारपसार र प्रयोगमा पूर्ण रूपमा रोक लगाइएको छ।

दीप प्रज्वलन गर्दा आगलागीको जोखिम रहने हुँदा उच्च सतर्कता अपनाउन, सट्टेबाजी, जुवातासजस्ता कानुनले निषेध गरेका क्रियाकलापहरू नर्गन र सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला वा झैझगडा नगर्न पनि कडा चेतावनी दिइएको छ।

बजार अनुगमनलाई मध्यनजर गर्दै अखाद्य एवं म्याद गुज्रेका वस्तुहरूको बिक्रीवितरण, मूल्यवृद्धि र कृत्रिम अभाव सिर्जना गर्ने उपभोक्ता हितविपरीतका गतिविधिहरू नगर्न भनिएको छ। सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु नराख्न, तोकिएभन्दा बढी भाडा नलिन र जोखिमपूर्ण यात्रा नगर्न अनुरोध गरिएको छ। साथै, नेपाल सरकारको मिति २०७९/०४/११ को राजपत्रअनुसार प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण र भण्डारणमा पूर्ण रोक लगाइएकाले सो कार्य नगर्न समेत ध्यानाकर्षण गराइएको छ।

शान्ति सुव्यवस्थामा प्रतिकूल असर पार्ने कुनै पनि अवाञ्छित गतिविधि भएमा तत्काल नजिकैको प्रहरी इकाई वा प्रहरी कन्ट्रोल रुमको नं. १०० मा जानकारी गराउन आग्रह गरिएको छ। उल्लेखित नियमविपरीतका गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने चेतावनी समेत प्रशासनले दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर